काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउनसक्ने बताएका छन् ।
समर्थन फिर्ता नलिने, तर आफ्नो राजीनामा माग्ने गरिएको बताउँदै प्रधानमन्त्री ओलीले पहिले समर्थन फिर्ता लिनुपर्ने बताएका छन् ।
‘ए बाबा, हटाउ न त, समर्थन फिर्ता लिइदेऊ न त भन्छु, लिँदैनन्, अनि राजीनामा माग्छन्,’ शनिबार १६५ वटै निर्वाचन क्षेत्रको रणनीतिक सडक विस्तार शुभारम्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘पहिले समर्थन फिर्ता लेऊ, राजीनामा आइहाल्छ नि ।’
बहुत स्थापित र राष्ट्रको सबैभन्दा लोकप्रिय तथा बढी बिक्ने अबबारले आफ्नो राजीनामा समाचारलाई प्राथमिकता दिएको भन्दै कटाक्ष समेत गरे ।
‘मेरा राजीनामा दिनैपिच्छे एक-एक वटाले मागेका हुन्छन्, त्यो अखबारले समाचार छाप्छ,’ ओलीले भने ।