विप्लवले कपिलवस्तुमा पार्टीको हेडक्वार्टर बनाउने, कार्यालय भवनको शिलान्यास

  • प्रकाशित मिति : २०७८ बैशाख १, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नयाँबर्ष २०७८ को पहिलो दिन पारेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालय र सभागृह भवनको शिलान्यास गरेको छ।

बुधबार महासचिव विप्लवले गृहजिल्ला कपिलवस्तुको शिवगडिमा पार्टी कार्यालय भवनको शिलान्यास गरेका हुन।



शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लव समूहले पहिलो पटक आफ्नो केन्द्रीय कार्यालय स्थापना गर्न लागेको हो। हाल गृहजिल्लामै रहेका विप्लवले शिवगडीमै भवनको शिलान्यास गरेका हुन।

अन्य राजनीतिक दलहरुले आफ्नो पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा राख्दा विप्लवले भने कविलवस्तुललाई नै आधार क्षेत्र बनाएका हुन।