काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन्।
उनले प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा आज विश्वासको मत लिएका हुन।
सभामुख राजबहादुर शाहीले सो सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए। हाल प्रदेशसभामा ३९ सदस्यकायम रहेको प्रदेशसभा सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका हुन।
प्रदेशसभामाकायम सदस्यमा सभामुखसहित २० नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन्।
माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उनको पद भने रिक्त रहेका बैठकमा सभामुख शाहीले जानकारी दिए।
कांग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई समर्थन दिएका थिए।
यसैगरी नेकपा (एमाले) माधव नेपाल पक्षका चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।
माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र देवी ओलीले फ्लोरत्रस गरेका हुन्।
३९ सदस्यीय प्रदेश सभामा माओवादीका १२ मात्र सांसद छन्।
विश्वासको मतका लागि आज शुक्रबार भएको मतदानमा ३७ सांसद उपस्थित थिए। यो सँगै कर्णालीमा शाही नेतृत्वको सरकार जोगिएको छ।