थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

  • प्रकाशित मिति : २०७७ असार ३०, मंगलवार
  • nepaltale.com

काठमाडौं । मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ ।

हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् ।