काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बाेलाएका छन् ।
विपक्षी दलहरूले सरकार निर्माण गर्न नसकिरहेकाे बेला प्रधानमन्त्री ओलीले आज विहान ११ बजे प्रधानमन्त्री निवासमा बस्ने गरी बैठक डाकेका हुन् । राजनीतिक घटना क्रम उतार चढाब भइरहेकाे समयमा प्रधानमन्त्रीले डाकेकाे याे दाेस्राे सर्वदलिय बैठक हाे ।
संसदको हिउँदे अधिवेशन अन्त्यकाे तयारी लगायत समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न उनले सर्वदलीय बैठक बाेलाएकाे बुझिएकाे छ।प्रधानमन्त्रीले बैठकमा दलका नेताहरूलाई मिलेर जान आव्हान गर्न सक्छन् । यदि प्रधानमन्त्रीले त्यसाे भनिहाले भने पनि दलहरू उनीसँग मिलेर जाने अवस्था छैन ।
बैठकमा सहभागि हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,राजपाका नेताहरू लगायत संसदमा प्रतिनिधित्व गर्ने सवै दलका नेताहरूलाई आमन्त्रण गरिएकाे बताइएकाे छ ।
संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्रीले बाेलाएकाे सर्वदलीय बैठकलाई चासोका साथ हेरिएको छ ।