सर्वदलीय बैठक : एमसीसीलाई अघि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

  • प्रकाशित मिति : २०७८ बैशाख ४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सनिबार संसदमा प्रतिनिधित्व गरेका दलहरुको छलफलमा उनले संसदमा लामो समय देखि संसदमा विचाराधिन रहेको एमसिसि सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन।



बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले एमसिसीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको र केही दलबाहेक अन्य दलहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए।

उनले भने “एमसिसि पास गर्नै कि नगर्ने संसदलाई अधिकार छ। तर सभामुखले तजबिजी अधिकार प्रयोग गरेर जुन तजबीजी अधिकार उहाँसंग छैन,त्यसलाई लामो समय सम्म रोक्न मिल्दैन भन्ने कुरामा सबै दलहरुको साझा धारणा रह्यो। केही दलहरु एमसीसीप्रति आलोचक पनि हुनुहुन्थ्यो। उहाँहरुले एमसीसी प्रतिका केही आशंकाहरु प्रकट गर्नुभयो । तर संसदले जे गर्छ बिजनेस चाही रोक्न मिल्दैन भन्ने विषयमा सबैले कुराकानी गर्नुभएको छ । यो विषयमा सभामुख र कार्यव्यस्थामा छलफल गरेर टुंगोमा पुर्याउनुपर्छ।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने सम्बन्धमा आफुहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौ भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए।

उनले एमसीसी लाई अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बताए।