एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै

  • प्रकाशित मिति : २०७८ बैशाख १२, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका हुन ।

अध्यक्ष ओलीले आज बिहान साढे १० बजेका लागि बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएकाे बताइएकाे छ ।



माधवकुमार नेपालसहित उनी पक्षका केन्द्र तथा प्रदेशका गरी ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न ओलीले बैठक डाकेकाे बताइन्छ ।

यसअघिको महाधिवेशन आयोजक कमिटीको वैठकले नेपाल–खनाल पक्षको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ आएको निष्कर्ष निकालेको थियो ।