सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदै माओवादी केन्द्र

  • प्रकाशित मिति : २०७८ बैशाख २२, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदैछ ।

हिजो बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो ।



आज समर्थन फिर्ताको पत्र बुझाउन संसद सचिवालयमा जाने तयारीमा रहेको माओवादीका नेता लिलामणि पोखरेलले जानकारी दिएका छन ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय लगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।