प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिदको आकस्मिक बैठक

  • प्रकाशित मिति : २०७८ बैशाख २५, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक वैठक बोलाएका छन् ।

विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको जनाइएको छ ।



बैठक शनिबार ५ बजे बालुवाटारमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयका विषयमा छलफल हुनेछ ।

सरकारले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको छ । विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला ओलीले मन्त्रिपरिषदको आकिस्मक बैठक बोलाएका छन् ।