काँग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक

  • Published Date : 2021-05-15
  • nepaltale.com

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो ।



नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्मलाको महत्वपूर्ण योगदान रहेको मुख्यसचिव पौडेलले बताए ।