आज २८ औँ मदन-आश्रित स्मृति दिवस

  • प्रकाशित मिति : २०७८ जेष्ठ ३, सोमबार
  • nepaltale.com

काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको आज २८ बर्ष पुगेको छ । ०५० साल जेठ ३ गते भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटनामा परेको थियो ।

पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भएको उक्त दुर्घटनामा परी दुई नेताको निधन भएको थियाे । सोही दिनको सम्झनामा एमालेले प्रत्येक वर्ष बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

पंचायती व्यवस्थाको कालो शासन व्यवस्थाबाट भर्खरै मात्र खुल्ला राजनीतिमा प्रवेश गरेको तत्कालिन मालेलाई राम्रो शक्तिका रुपमा स्थापित गराउनका लागि जननेता मदन भण्डारीको ठूलो योगदान रहेको थियो ।

तर पटक पटक सत्ताको बागडोर सम्हालेको एमालेले उक्त दुर्घटनाबारे अहिलेसम्म तथ्य पत्ता लगाउन सकेको छैन । जनस्तरबाटै बारम्बार उक्त दुर्घटनाबारे अनुसन्धान गर्न कुरा उठेपनि एमालले त्यसलाई गम्भीरतापूर्वक लिएको छैन ।

बहुमत प्राप्त ओली सरकारो पालमा यस विषय प्राथमिकतामा पर्ने र तथ्यमा पुगिने धेरैको अपेक्षा भए पनि पार्टी र नेतृत्वले उक्त घटना छानविनमा चासो नै देखाएको छैन ।