उज्वल थापाको उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने सरकारको प्रतिवद्वता

  • Published Date : 2021-05-30
  • nepaltale.com

काठमाडौं। सरकारले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको जनाएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता थापाको स्वास्थ्य अबस्था चासो राख्दै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका हुन् ।

पोखरेलले आइतबार थापाकी आमा शान्तालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’– उपप्रधानमन्त्री पोखरेलले भने ।



उपप्रधानमन्त्री पोखरेलले आजै थापा उपचाररत मेडिसिटी अस्पतालका चिकित्सकहरूसँग टेलिफोन गरेर स्वास्थ्य अबस्था बारे जानकारी समेत लिएका छन् । कोरोना संक्रमणका कारण उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।