युरोकपमा आज दुई खेल

  • प्रकाशित मिति : २०७८ असार ८, मंगलवार
  • नेपाल टेल संवाददाता

एजेन्सी। युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछन्। युरोकपको समूह चरण अन्तर्गत आज राति समूह ‘डी’ का दुई खेलहरु हुनेछन्। जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन्।

इंग्ल्यान्डले वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ। दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ। आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ। इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ।



इंग्ल्यान्डलाई बराबरीको नतिजाले समेत अन्तिम १६ मा पुर्याउने छ। तर, पराजित भएको खण्डमा अन्य टिमको नतिजामा निर्भर रहनु पर्ने छ। पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो।

चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ। चेल रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ। बराबरले समेत चेक रिपब्लिक अर्को चरणको यात्रा गर्नेछ।

पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो। यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन्। दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ। हाम्पडेन पार्कमा दुबै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। पहिलो खेलमा इंग्ल्यान्डसँग १-० ले पराजित क्रोएसिया दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ गोलको बराबरीमा रोकिएको थियो।

स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ। पहिलो खेलमा चेक रिपब्लिकसँग २-० ले पराजित स्कटल्याण्डले दोस्रो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो।