बालुवाटारमा प्रधानमन्त्री ओली आफू निकट नेतासँग छलफल गर्दै

  • Published Date : २०७८ असार ९, बुधबार
  • nepaltale.com

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेतासँग छलफल गरेका छन् ।

सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्ती खारेज गरेसँगै ओलीले आगामी रणनीति तय गर्ने विषयमा छलफल गरेका हुन् ।



ओलीले मंगलबार अदालतबाट पदमुक्त भएका मन्त्रीसँग छलफल गरेका थिए । छलफलमा ओलीले पार्टीमा छलफल गरेपछि कसरी अघि बढ्ने भनेर निर्णय गर्ने बताएका थिए ।

ओलीले मन्त्रीलाई अरू केही बिकल्प सोच्न सक्ने भन्दै निवास नछाड्न र गाडी प्रयोग गर्न भनेका थिए । पदमुक्त भएलगत्तै मन्त्रीहरु झण्डा छोपेर बालुवाटार पुगेका थिए ।