आज देशभर भारी वर्षा हुने, सतर्क रहन आग्रह

  • Published Date : २०७८ भाद्र ११, शुक्रबार
  • nepaltale.com

काठमाडौं। शुक्रबार आज मुलुकका विभिन्न क्षेत्रमा धेरै भारी वर्षाको आँकलन गरिएको छ । मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकोमा शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

शुक्रबार राति पनि देशभर वर्षा हुनेछ । शनिबार धेरै स्थानमा वर्षाको सम्भावना छ । जसमा पनि प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीधेरै भारी र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



आइतबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।