रास्वपाको पहिलो महाधिवेशन: सभापतिमा रवि लामिछाने निर्विरोध

  • प्रकाशित मिति : २०८३ असार १०, बुधबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी पहिलो महाधिवेशनमा पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

चितवनमा भइरहेको महाधिवेशनमा सभापति पदका लागि निर्धारित समयभित्र अन्य कुनै पनि उम्मेदवारी नपरेपछि उनी स्वतः निर्विरोध निर्वाचित भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।



रवि लामिछाने रास्वपाका संस्थापक सभापति समेत हुन्। पार्टीले पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य पदका लागि निर्वाचन प्रक्रिया अघि बढाएको छ।

निर्वाचन समितिका अनुसार सभापति पदको मनोनयन दर्ता समय समाप्त भइसकेको छ भने हाल केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ।