काठमाडौंमा आजदेखि जुलुस, भीडभाड, मेला र महोत्सव गर्न नपाइने

  • प्रकाशित मिति : २०७८ आश्विन १४, बिहीबार
  • nepaltale.com

काठमाडौं । काठमाडौंमा आजदेखि जुलुस गर्न नपाइने नियम लगाइएकाे छ। जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) गोविन्द प्रसाद रिजालले एक आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन पनि आग्रह गरेका छन् ।

‘कोभिड १९ को संक्रमण कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदी नगर्ने र नगराउने’ जारी विज्ञप्ति भनिएको छ ।