तोडफोड गर्दा पाँचथर अस्पतालमा क्षति, आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प

  • प्रकाशित मिति : २०७८ आश्विन २१, बिहीबार
  • nepaltale.com

पाँचथर। ज्वरो आएपछि अस्पताल भर्ना भएकी फिदिम नगरपालिका २ कि ३ वर्षीय क्रिष्टिना थाम्सुहाङको निधन भएको घट्ना छानविनको माग गर्दै मृतकका आफन्तले तोडफोड गर्दा पाँचथर अस्पतालको भवनमा नराम्ररी क्षति पुगेको छ । मृतकका आफन्तले साँझ ८ बजेदेखि निरन्तर प्रदर्र्शन गर्दै अस्पताल भवनमा निरन्तर इटा ढुंगा,फलामका टुक्रा र रड प्रहार गरेका थिए ।

ज्वरो आएपछि असोज १९ गते अस्पताल भर्ना गरिएकी क्रिष्टिनाको हिजो बिहान साढे ७ बजे चिकित्सकले सुइ लगाइदिनासाथ निधन भएपछि घट्नाको छानबिन विवरण सार्बजनिक गर्न र मृतकको परिवारलाई क्षतिपुर्ति माग गर्दै आफन्तहरुले अस्पताल परिषरमा दिनभर प्रदर्शन गरेपनि बार्ताको बहानामा अस्पताल र प्रशासनले झुलाएको भन्दै साँझपख स्थानीय तोडफोडमा उत्रेका हुन ।

अस्पताल तोडफोड गर्ने क्रममा प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रहार गर्दै लखेट्ने प्रयास गरेपनि ढुंगा बर्र्षिएका थिए । त्यसक्रममा ८ प्रहरी र केहि प्रदर्शनकारी घाइते भएका छन ।

तोडफोड हुँदा अस्पतालका झ्याल ढोका र फर्निचरमा क्षति पुगेको छ भने परिषरमा इटा सहितका फोहोर थुप्रिएका छन । स्वास्थकर्मीहरुले भने एनाफाइलाटिक सकका कारण किशोरीको निधन भएको बताएका छन । सुइ लगाउने क्रममा डराँउदा एनाफाइलाटिक सक हुने गरेको चिकित्सकहरु बताँउछन । व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति पाँचथरका प्रमूख विष्णुप्रसाद सापकोटा आफन्तले शव बुझ्न नमानेपछि मृतकको शब अहिले पनि बेडमै छ ।

यसैविच अस्पतालले आजदेखि आकस्मिक बाहेक सबैखाले सेवा ठप्प पार्ने भएको छ । भौतिक संरचना तोडफोड गर्नुका साथै प्रदर्शनका क्रममा स्वास्थकर्मीमाथि भएको गाली गलौज र आदीले काम गर्ने अवस्था नभएको प्रमूख डाक्टर बुद्वीबहादुर थापाले बताए । प्रदर्शन भइरहँदा मध्यरातसम्म अस्पताल सहित सदरमुकाम फिदिम क्षेत्र तनाबग्रस्त बन्यो । प्रदर्शनकारी र प्रहरीविच ठाँउ ठाँउमा मुठभेट भएको थियो । प्रहरीलाइ हानिएका ढुंगा र प्रहरीले हानेको अश्रुग्यास सर्बसाधारणका घर भित्र पस्दा स्थानीय त्रसित भएका थिए ।