आजको मौसम: पहाडी भेगमा वर्षाको सम्भावना, अन्य ठाउँमा सफा

  • Published Date : २०७८ आश्विन २७, बुधबार
  • nepaltale.com

काठमाडौं। आज पहाडी क्षेत्रका केही भागबाहेक देशभर मौसम सफा रहेको छ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ।

त्यसैगरी राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

हाल देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन नभएको महाशाखाले जनाएको छ।