पाथीभरा मन्दिरमा कालरात्रि पूजा

  • प्रकाशित मिति : २०७८ आश्विन २८, बिहीबार
  • nepaltale.com

ताप्लेजुङ। महाअष्टमीको मध्यरात ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा कालरात्रि पूजा गरिएको छ । चण्डी पाठसहित रातको १२ बजे कालो बोकाको बली दिएर पूजा गरिएको हो । २ जना पुरोहितले चण्डी पाठ गरेका थिए ।

सबै प्राणी जगत्मा शक्ति प्राप्त होस् भन्ने कामना गर्दै पाथीभरामा प्रत्येक वर्ष कालरात्रिको पूजा गर्ने चलन गहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष गोपाल न्यौपानेले बताए ।

पूजामा ५० बढी भक्तजन सहमागी थिए । चिताएको पूरा हुने विश्साका कारण कालरात्रिको पूजामा सहभागी भएको पाथीभरा याङवरकका हेमराज निरौलाले बताए ।