मान्यजनको हातबाट टीका लगाउन जानेहरु बढेसँगै उपत्यकाका सडकमा मानिसहरुको चहलपहल

  • प्रकाशित मिति : २०७८ आश्विन २९, शुक्रबार
  • nepaltale.com

काठमाडौं । मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ ।

शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो ।

विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजया दशमी मनाउने चलन छ । घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रुपमा लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ ।

आजका दिन परिवारका ठूलो सदस्यहरुबाट टीका तथा जमरा लगाइने चलन छ। आम सर्वसाधारणहरु बडा दशैँ मनाउन काठमाडौंबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ ।