काभ्रेमा माइक्रो बस दुर्घटना, १८ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • प्रकाशित मिति : २०७८ आश्विन ३०, शनिबार
  • nepaltale.com

काठमाडौं। काभ्रेको भुम्लु गाउँपालिका ८ मा माइक्रो बस दुर्घटना भएकाे छ। दुर्घटनामा अठार यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार कातिके देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रो बस शनिबार बिहान साढे ११ बजे भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो।

उक्त माइक्रो बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीकाे अनुमान छ। माइक्रो बस सडकबाट करिब एक सय पचास मिटर तल पुगेको छ।

दुर्घटनाका घाइतेको उद्दार गरि उपचारका लागि धुलिखेल अस्पताल पठाइएको पनि प्रहरीले जानकारी दिएकाे छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।