गोरखा केन्द्रविन्दु भएर भूकम्प

  • प्रकाशित मिति : २०७८ आश्विन ३१, आईतवार
  • नेपाल टेल

काठमाडौं। आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ ।



यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।