आज कहाँ-कहाँ पर्दैछ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • प्रकाशित मिति : २०७८ कार्तिक ५, शुक्रबार
  • नेपाल टेल

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बुलेटिनअनुसार आज दिउँसो मौसम प्रदेश न १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।



यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

बाँकी प्रदेशका पनि एक दुई ठाउँमा आज राति मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बिहानी बुलेटिनमा उल्लेख छ।

खासै वर्षाको सम्भावना नरहे पनि महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।