काठमाडौं। सेयर बजार करेक्शन आएको छ । गत आइतबारदेखि निरन्तर उकालो लागेको बजारमा आज सातौं दिनमा करेक्शन आएको हो ।पछिल्लो ६ कारोबार दिनमै नेप्से २८० अंकले बढेको नेप्सेमा आज १७ अंकको गिरावट आएको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम ५ करोडले घटेर ७ अर्ब ७७ करोडमा सीमित भएको छ ।
सेयर बजार मापक सूचक नेप्से आज १७.७५ अंकले घटेर २८१९.८७ विन्दुमा पुगेको छ । यसदिन २२६ कम्पनीको ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बढीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएको छ । लगानी समूह सबैभन्दा धेरै ०.४३ प्रतिशतले बढेको छ भने उत्पादमूलक १.८१ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका २२६ कम्पनीमध्ये ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, आरएमडीसी लघुवित्त ३६ करोड र नबिल बैंकको ३४ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मानुषी लघुवित्तको सेयर सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् भने साहस ऊर्जा र पाँचथर पावरको मूल्य करिब १० प्रतिशतले बढेको छ ।
घट्दो बजारमा आज कामना सेवा विकास बैंकका सेयरधनीले भने सबैभन्दा धेरै ६.७२ प्रतिशत गुमाएका छन् । यसैगरी, हिमालयन पावर, घलेम्दी, रिडी र ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
यस्तै, समता, सिभिल लघुवित्त, माउन्टेन इनर्जी, सीईडीबी हाइड्रोपावर र गुह्येश्वरी मर्चेन्टका सेयरधनीले ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।