काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हिमपातसहित वर्षा

  • Published Date : २०७८ पुष १४, बुधबार
  • nepaltale.com

काठमाडौं। आज (बुधबार) देशभर मौसम बदली भइ देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ । देशभर धेरैजसो स्थानमा पानी परेको छ भने पहाडी तथा हिमाली आसपासका डाँडाहरूमा हिमपात भएको भएको छ ।



यसैगरी, मकवानपुरको पर्यटकीय क्षेत्र दामन र सिमभञ्याङ क्षेत्रमा बाक्लो हिमपात सुरु भएको छ । उक्त क्षेत्रमा बिहानैबाट हिमपात भइरहेको छ । यस वर्षको पहिलो पटक हिमपात भएको हो ।

काठमाडौँको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली भइ हिमपात र पानी पर्ने सम्भावना छ ।