अनेरास्ववियु पाँचथरद्वारा मास्क वितरण

  • प्रकाशित मिति : २०७८ माघ १३, बिहीबार
  • नेपाल टेल

पाँचथर । नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी पाँचथरले आज फिदिममा सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।

पछिल्लो समय झनै बढ्दै गएको कोरोना संक्रमणबाट बच्न सहयोग पुर्याउने उदेश्यका साथ मास्क वितरण गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सुन्दर योङहाङले जानकारी दिनुभयो ।



अध्यक्ष योङ्हाङसहित अन्य विद्यार्थी नेता र अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एंवम पाँचथर ईन्चार्ज दिपेन्द्र तुम्वापोको उपस्थितिमा मास्क वितरण कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।