पौवाभञ्ज्याङ्मा परेको हिउँ !

  • प्रकाशित मिति : २०७८ माघ २२, शनिबार
  • फोटो: सुमन बराल

पाँचथर । शुक्रबार पाँचथरको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । शुक्रबार अपराहानबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।

तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् ।

सदरमुकाम नजिक रहेको पौवा भञ्जाङ, साघुटार,सुकेपोखरी लगायतका स्थानमा पनि हिमपात भएको छ ।