नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी, १ जना पक्राउ

  • प्रकाशित मिति : २०७८ फाल्गुन ११, बुधबार
  • नेपाल टेल

काठमाडौं। जग्गाको नक्कली लालपूर्जा देखाएर बिक्री गर्ने भन्दै ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नक्कली लालपूर्जा र नक्सा देखाएर जग्गा बिक्री गर्न भन्दै ३३ लाख बैना लिएको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका(८ का ३९ वर्षका हितबहादुर बुढाथोकीलाई काठमाडौंको कपनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार बुढाथोकीमाथि काठमाडौंको साँखुस्थित साल्खा-६ ९ख० मा रहेको दुई रोपनीमध्ये आठ आना जग्गा ३५ लाखमै पास गरिदिन्छु भनी पीडितसँग ३३ लाख लिएको आरोप छ ।

बुढाथोकीले रकम लिएर जग्गा पास गर्न आलटाल गरेपछि पीडितले मालपोत कार्यालयमा बुझ्दा सो जग्गा अर्कैको नाममा दर्ता भएको थाहा पाएपछि जाहेरी दिएको प्रहरीको भनाइ छ ।

एसपी कृष्ण कोइरालाका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि बुढाथोकीलाई महानरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।