८१ वटा प्रहरी कार्यालयमा नयाँ लेखा प्रमुख खटाइयो, कुन ठाउँमा को ? (सूचीसहित)

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • नेपाल टेल

काठमाडौं। नेपाल प्रहरीको प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी कार्यालयहरूको लेखा प्रमुखको रूपमा काम काज गर्ने गरी खटाएको छ ।

पुराना बढुवा भएको भन्दै नियमित सरुवालाई रोकेर नयाँलाई खटाएको हो । ८१ जना लेखापालको बढुवा भएर गएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी कार्यालयहरूको लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी खटाएको हो ।



प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको निर्णयानुसार प्रहरी नायव निरीक्षक पदमा बढुवा नियुक्ति भई रिक्त भएको स्थान तथा नयाँ बजेट सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूमा प्रहरी सहायक निरीक्षक लेखा प्रमुख खटाउनु पर्ने भएकोले प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी कार्यालयहरूको लेखा प्रमुखको रूपमा काम काज गर्ने गरी खटाइएको हो ।

अहिले खटाइएका नयाँ लेखापाल हुन् । लेखापालकै रुपमा बढुवा भई अर्को स्थानमा खटिएका कारण उनीहरुलाई त्यहाँ पठाइएको हो ।

आर्थिक प्रशासन शाखा मार्फत सिफरिस भएर गएकाहरुलाई पठाइएको भने पनि अधिकांश लेखापालहरु गृहमन्त्रीको स्वकीय सचिवमा रहका नरेन्द्र केसीको भनसुनको आधारमा खटिएको स्रोतको दाबी छ ।

नरेन्द्र केसीले प्रहरी हेर्न थालेपछि प्रहरी संगठनभित्र र बाहिरबाट उनको विषयमा गृह मन्त्रालयमा गुनासो गएपनि सुनुवाई नभएको प्रहरीले बताउदै आएका छन् ।