आज यी ४ प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • nepaltale.com

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जनाएको छ ।

अबको २४ घण्टामा सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/असिना सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनुपर्ने मौसमविद्को भनाइ छ ।

आज शनिबार दिउँसो देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/असिना सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

शनिबार राती देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा लगायत बागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेश का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आईतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आईतबार राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भाग एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार राती देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।