संखुवासभा दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

  • प्रकाशित मिति : २०७८ फाल्गुन २६, बिहीबार
  • नेपाल टेल

नेपाल टेल। सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तिमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृत्तकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ ।



स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।