काठमाडौं । जेठदेखि शनिबार र आइतबार गरी दुईदिन बिदा दिनेसरकारी कर्मचारीले खुशी व्यक्त गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले १ जेठदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने जनाएको हो ।
कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।