मतगणनामा खटीएका कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटीएपछी …..

  • प्रकाशित मिति : २०७९ बैशाख ३१, शनिबार
  • nepaltale.com

इलाम। इलामको देउमाई नगरपालिकाका एक करारका कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटीएपछि मतगणना रोकीएको छ ।

नगरपालिकाका करारका एक जना कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटीए पछि मतगणनामा खटीएका कर्मचारी बिचमै बिवाद भएको थियोे । उक्त बिवाद पछि नेकपा एमालेले सेटिङ गरेको भन्दै गठबन्धमा रहेका दल नेपाली काग्रेस, नेकपा समाजवादी र माओवादी केन्द्रले नाराबाजी सहित बिरोध गर्न थालेपछि मतगणना रोकीएको छ ।

उनीहरुले निर्वाचन अधिकृत हरी बहादुर दाहाल र प्रहरी बिरुद्ध नाराबाजी गरीरहेपछि मतगणना स्थल असान्त बनेको छ । एक पक्षिय रुपमा मतगणना भएको गठबन्धन दलले आरोप लगाएका छन ।

इलामका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बिवाद भए पछि मतगणना रोकेर मतपत्रको कडा सुरक्षा गरिएको जानकारी दिनुभयो । देउमाईमा एमालेका मेयरका उम्मेद्धवार सूर्य पोखरेल र गठबन्धनबाट काग्रेसका होम दुलाल बिचमा प्रतिष्पर्धा भैरहेको छ ।

प्रारम्भिक मतगणनामा गठबन्धनले अग्रता लिदै आएको छ ।