बालेनले जित्छन कि हार्छन भन्दै २८ किलोको खसी बाजी लगाउने युवक पक्राउ

  • प्रकाशित मिति : २०७९ जेष्ठ २, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन शाहले प्रतिस्पर्धी भन्दा राम्रो मत ल्याएर लिड गरिरहेका छन्। यहि रफ्तारले गणना सकिन भने केहि समय लाग्ने भएको छ।

मतदान अघि नै उनले जित्छ कि हार्छ भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको थियो। बालेनकै नाममा सट्टेबाजी पनि भएको पाइएको छ।



बालेनले जित्ने कि हार्ने भन्ने विषयमा बाजी राख्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ का रमेश खड्का र विजय फुयाल रहेका छन्।

उनीहरूलाई खोटाङबाट प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको हो। बालेनले जित्ने कि हार्ने भन्ने विषयमा उनीहरूले लिखित‍ कागज गरेर २८ किलोको खसी बाजी राखेका थिए।

यो विषय सार्वजनिक भएपछि खोटाङ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। खड्का र विजयले बाजी राखेको हस्तलिखित पत्र सामाजिक सञ्जालमा छरपस्ट छ।