आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

  • प्रकाशित मिति : २०७९ जेष्ठ ५, बिहीबार
  • नेपाल टेल

काठमाडौं। आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।

राति प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ भने अन्य प्रदेशका पहाडी भूभागका पनि वर्षा हुने ठानिएको छ ।

शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ ।