मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते

  • प्रकाशित मिति : २०७९ जेष्ठ ७, शनिबार
  • नेपाल टेल

काठमाडौं। मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका-२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ लगिएको प्रहरीले जनाएको छ ।