क्याप्टेन प्रभाकर घिमिरेले उडाएको जहाजमा को–को सवार थिए ? (नामसहित)

  • प्रकाशित मिति : २०७९ जेष्ठ १५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।

विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए । अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।



अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।

१३ नेपाली, चारजन भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको नेपाल नागरिक यति एयरलाइन्सले जनाएको छ । विमान क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए । त्यस्तै विमानमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिए ।

यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।