खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

  • प्रकाशित मिति : २०७९ श्रावण १५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरे ।

‘खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ’, उनले भने । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो ।



मोरङ र खोटाङमा ठूलै धक्काको महसुस गरिएपनि अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले बताए । संयन्त्रमार्फत थप विवरण लिने काम भइरहेको उनले बताए ।