काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको हत्या

  • प्रकाशित मिति : २०७९ श्रावण १६, सोमबार
  • nepaltale.com

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका– २ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ ।

मृत्यु हुनेमा श्रीमान,श्रीमती र दुई छोराछोरी रहेका घटनाको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।

उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन्। प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन्।