ई–पासपोर्ट आवेदन भाेलिदेखि बिहान ११ बजेबाटै खुल्ने

  • प्रकाशित मिति : २०७९ श्रावण १६, सोमबार
  • नेपाल टेल

काठमाडौं। राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलवारबाट बिहान ११ बजेदेखिनै खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलवारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाकाे प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।

प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।