नख्खु कारागारमा भयो कैदीबन्दीहरुबीच झडप

  • प्रकाशित मिति : २०७९ श्रावण २५, बुधबार
  • नेपाल टेल

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ ।

नख्खु कारागारका इन्स्पेक्टर पुरुषोतम थपलियाका अनुसार कारागारमा कैदीबन्दीहरुले नारा लगाएसँगै झडप भएको हो । झडपको कारणबारे कारागारका अधिकारीहरु छलफलमा रहेको उनले बताए । थप विवरण आउन बाँकी छ ।