बझाङमा एकैपरिवारका तीन जना झुण्डिएको अवस्थामा फेला

  • प्रकाशित मिति : २०७९ श्रावण २५, बुधबार
  • नेपाल टेल

काठमाडौं। बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका–९ घर भएका एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । ‘हामी घटनास्थल पुग्दैछौँ, के कति कारणले उनीहरु झुन्डिएका हुन् थप अनुसन्धान हुन्छ’, जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक जनक ढुङ्गानाले भने । स्थानीयले खबर गरेपछि घटनास्थलतर्फ प्रहरी गइरहेको हो।

झुन्डिएको अवस्थामा भेटिएका तीन जनाको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ । मृतक गीताका श्रीमान् पुष्कर पार्की गएराति मात्र भारतबाट घर फर्केको खुलेको छ ।