बालेनले शक्तिको दुरुपयोग गरे भन्दै काठमाडौं उद्योग वाणिज्य संघद्वारा असन्तुष्टी व्यक्त

  • प्रकाशित मिति : २०७९ भाद्र ९, बिहीबार
  • nepaltale.com

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले शक्तिको दुरुपयोग गरेको भन्दै काठमाडौं उद्योग वाणिज्य संघ असन्तुष्ट बनेको छ।

काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै आफ्नो गम्भीर आपत्ति रहेको जनाएको छ।

घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको संघका अध्यक्ष दिनेश श्रेष्ठको आरोप छ।

श्रेष्ठ भन्छन्,‘अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो? जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न?’