रविलाई सुरक्षा गार्डसँग फोटो खिच्न दिने प्रहरी जिम्मेवारीबाट आउट

  • प्रकाशित मिति : २०७९ भाद्र २१, मंगलवार
  • नेपाल टेल

काठमाडौं । रवि लामिछानेलाई हिरासतभित्र गएर फोटो खिच्न दिएको अभियोगमा एक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जिवनराम श्रेष्ठमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्डलाई भेट्न रवि लामिछाने प्रहरी हिरासतमै पुगेर फोटो फेसबुकमा हालेका थिए।

फोटो बाहिरिएपछि प्रहरीले घटना छानविन गर्न समिति गठन गरेको छ। यस्तै प्रहरी वृत्त दरबारमार्गको हिरासतका एक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।