काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ ।
१८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले पुष्टि गर्यो ।
प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको बुझिएको छ । यस विषयमा प्रहरी अधिकारहरु थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन ।
सन्दीप यतिबेला पूर्वी अफ्रिकी देश केन्यामा छन्। क्यारेबियन प्रिमियर लिग खेल्नका लागि राष्ट्रिय टिमको कप्तानी गर्दै उनी भदौ ६ गते केन्या प्रस्थान गरेका थिए। जबर्जस्ती करणीको घटना उनी केन्या जानुभन्दा अघिल्लो रातको हो।