साफ महिला च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा, इतिहास रच्ने दाउ

  • प्रकाशित मिति : २०७९ भाद्र २७, सोमबार
  • nepaltale.com

काठमाडौं । समुह विजेता बन्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ को अन्तिम खेलमा सोमबार श्रीलंकमाथि ६ ० फराकिलो जित निकाल्दै नेपाल समूह विजेता बनेर अन्तिम चारमा पुगेको हो ।

नेपाललाई जिताउन अमिसा कार्कीले २ गोल गरिन् । यस्तै रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक एक गोल गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा श्रीलंका खेलमा फर्कन सकेन र पराजित हुँदै घर फर्कन बाध्य भयो ।
नेपालले खेलको पहिलो हाफमै ४(० ले अग्रता बनाएको थियो ।

नेपाल समूह विजेता बनेपछि यो समूहबाट भूटान उपविजेता बनेको छ । समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइलनम पुगिसकेका छन् । भारत र बंगलादेशबीच हुने समूह चरणको खेलको नजितापछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वी टिमको टुंगो लाग्ने छ । नेपाल यसपटक इतिहास रच्ने दाउमा छ ।