बालेनको एक्सन विरुद्ध भोलिबाट फुटपाथ व्यवसायी आन्दोलनमा

  • प्रकाशित मिति : २०७९ भाद्र २९, बुधबार
  • नेपाल टेल

काठमाडौ। काठमाडौं महानगरपालिका विरुद्ध भोलिबाट फुटपाथ व्यवसायीहरु आन्दोलनमा उत्रने भएका छन्।

बिहीबार जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्न लागेका हन्।

संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरू बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने कार्यक्रम तय भएको छ।

महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विनासूचना निर्मम ढंगले लखेट्न खोजेको भन्दै आन्दोलन गर्न लागेको संघले जनाएको छ।