जय नेपाल हल परिसरमा उत्खनन्, भेटियो टुकुचा खोला

  • प्रकाशित मिति : २०७९ भाद्र ३०, बिहीबार
  • नेपाल टेल

काठमाडौं। काठमाडौं महानगरपालिकाको टोलीले टुकुचा खोला खोज्न उत्खनन गरेको छ । बिहीबार महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न उत्खनन गरेको हो ।

डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर स्रोतले जनाएको छ । बढ्दो शहरीकरणका कारण यो क्षेत्रमा टुकुचा खोला गायब थियो ।

महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन निर्देशन दिएको थियो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवासीले उत्खननको माग गर्दै आएका थिए ।