दसैँ सुरु भएसँगै काठमाडौँका प्रमुख नाकाहरूमा गाडीको चाप बढ्दो

  • प्रकाशित मिति : २०७९ आश्विन १५, शनिबार
  • nepaltale.com

दसैँ सुरु भएसँगै काठमाडौँ रित्तिन थालेको छ । । उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढ्न थालेपछि काठमाडौँका प्रमुख नाकाहरूमा गाडीको चाप बढेको छ ।

घटस्थापनादेखि सुरु भएको दसैँको लागि हरेक दिन करिब १ लाख मानिसले काठमाडौँ छाड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

ट्राफिक प्रहरीको आङ्कलन अनुसार करिब २० लाख मानिस दसैँको लागि उपत्यका छोड्नेछन् । फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौँ छोड्ने आकलन गरिएको ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।

ट्राफिक प्रहरीले उपत्यकाका चारै तिरका नाकामा बाहिरिने यात्रुको रेकर्ड राख्ने गर्दछ । चाबहिल, जगती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको सङ्ख्या सङ्कलन गरिन्छ ।